काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि पोखरा लान खोज्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो ।
दुर्घटनापछि अहिले उद्धार जारी छ । प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको आफ्नै ह्याङ्गर नभएको र मर्मतका लागि केही दिन लाग्ने भएका कारण जहाज पोखरा लान खोजिएको थियो। जहाजमा प्राविधिक धेरै कर्मचारी रहेको बताइएको छ ।
बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहितको १९ जना रहेको उनले बताए ।
सुरक्षाकर्मी र विमानस्थलका फायर फाइटरहरु आगो निभाउन लागि परेका छन् ।
बम्बार्डियरको सीआरजे (२०० जहाजमार्फत विराटनगर र भद्रपुरमा दैनिक ३/ ३ वटा नियमित उडान गर्दै आएको छ।