बैठकमा ‘नोट अफ डिसेन्ट’ लेख्ने सञ्चालकद्वयलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौँ । विद्युत् महसुल उठ्ने ग्यारेन्टी नभई काटिएको लाइन जोड्न नहुने भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेका नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई स्पष्टीकरण सोधिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सञ्चालक सदस्यद्वय आचार्य र पुनलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

मन्त्रिस्तरीय निर्णयबाट सोधिएको उक्त स्पष्टिकरण पत्रमा सञ्चालक समितिको मर्यादा र अनुशासन कार्यहरु गरेको विभिन्न माध्यमबाट जानकारी तथा गुनासो प्राप्त भएको भन्दै उक्त सम्बन्धमा के कसो भएको भन्दै लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ ।

प्राधिकरणले गत २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखााची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो । ती उद्योगमा विद्युत आपूर्ति कायम गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्न साउन ७ गते नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको ९७९ औं बैठक बसेको थियो । तर उक्त बैठकमा सञ्चालकद्वय पुन र आचार्यले ‘नोट अफ डिसेन्ट’ लेखी नेपाल विद्युत प्राधिकरण ऐन, २०४९ को दफा २४ बमोजिम नेपाल सरकारले दिएको निर्देशन पालना गर्न असहयोग गरेको भन्दै मन्त्रालयले लिखित स्पष्टिकरण पेस गर्न पत्र काटेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज