धनगढी । विश्वासको मत पाउने सम्भावना नदेखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएका छन् । प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले राजीनामा घोषणा गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम वैशाख ६ गते एमाले, माओवादी, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीको समर्थनमा सोडारी मुख्यमन्त्री बनेका थिए । असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि सोडारी अल्पमतमा परेका थिए ।