निर्वाचन क्षेत्रमा सोविता गौतममाथि दुर्व्यवहार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफूमाथि दुर्व्यवहार भएको बताएकी हुन्।  उनले सोमबार प्रतिनिधि सभामा बोल्दै निर्वाचन क्षेत्रको अनुगमन गर्नका  लागि जाँदा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने मूलपानीमा आफूमाथि दुर्व्यवहार भएको बताएकी हुन । 

त्यो दिन अविरल वर्षा भइरहेको थियो मेरो निर्वाचन क्षेत्र  काठमाडौं– २ मा अनुगमनका लागि गएको थिएँ। साँझको  पाँच बजेको समयमा कागेश्वरी मनोहरा वडा नम्बर ६ मा रहेको मनकामना टोलमा पुगेँ। मूलपानी क्रिकेट स्टेडियम माथिको डाँडातिर गएको थिएँ। त्यहाँको पहिरोको अवलोकन गरेर घर  फर्कने क्रममा सामान्य अवस्था नरहेका युवा ममाथि दुर्व्यवहार गर्ने किसिमले प्रस्तुत हुनुभयो,’ उनले भनिन्। 

उनले अहिले दुर्व्यवहार भएको अन्तिम समयको भिडिओको अंश सामाजिक सञ्जालमा हालिएको बताएकी छन्।

‘ती भिडिओ अपलोड गर्ने व्यक्तिको फेसबुक प्रोफाइल खोलेर हेरेँ। जो व्यक्ति राष्ट्रिय दलको संवेदनशील पदमा रहेको व्यक्ति हुनुहुँदो रहेछ युवा सङ्गठनको साथी हुनुहुन्छ। छोरी मान्छेलाई तर्साउने गरी बाटोमा ढुकेर बस्को र जङ्गली प्रकारको आक्रमण गरेको बताउनु भयो । 

दुर्व्यवहार भएको अन्तिम समयको भिडिओको अंश सामाजिक सञ्जालमा हालिएको बताएकी छन्।

‘ती भिडिओ अपलोड गर्ने व्यक्तिको फेसबुक प्रोफाइल खोलेर हेर्दा राष्ट्रिय दलको संवेदनशील पदमा रहेको व्यक्ति हुनुहुँदो रहेछ र  युवा संगठनको साथी पनी हुनुहुन्छ।  

उनको प्रशन
महिलालाई सुरक्षा खोई
महिलाको सुरक्षाको लागि हामीले संवेदनशील भएर सोच्नुपर्ने बताइन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज