काठमाडौँ । भदौ १ गते हुन गइरहेको उच्च अदालत बार एशोसियसन पाटनको नयाँ कार्यसमितिको निर्वाचनका लागि अध्यक्ष पदमा अधिवक्ता बिदुर प्रसाद ढुङ्गाना र अधिवक्ता गोपाल श्रेष्ठको नेतृत्वमा उमेदवारी दर्ता भएको छ ।
सोमबार दिउँसो ११ः०० बजेदेखि ०३ः०० बजेसम्म उम्मेदवारको मनोनयनको समय निर्धारण गरिएकोमा तोकिएको समयभित्र अधिवक्ताद्वय ढुङ्गाना र श्रेष्ठले आ आफ्नो प्यानल सहित उम्मेदवारी दर्ता गरेका हुन ।
उच्च अदालत बार एशोसियसन पाटन, निर्वाचन समितिका अनुसार उपाध्यक्षमा अधिवक्ता विष्णु ऋषि कोइराला र अधिवक्ता दुर्गा प्रसाद चिमरिया, सचिवमा अधिवक्ता प्रबल शर्मा र अधिवक्ता देवी प्रसाद रिजाल, सह सचिवमा अधिवक्ता सुशीला चौधरी, अधिवक्ता एशोदा कुमारी पाण्डे र अधिवक्ता शान्तिलक्ष्मी कक्षपतिले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी कोषाध्यक्ष पदमा अधिवक्ता भुपाल बस्नेत र अधिवक्ता लक्ष्मी रेग्मीले उम्मेदवारी दर्ता गराएका छन भने महिला सदस्यमा विमला कुमारी शर्मा, अधिवक्ता जितिन्द्रा विष्ट (जितु), अधिवक्ता पुष्पा भुसाल (विमली) र अधिवक्ता उपमा पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन समितिका अनुसार खुल्ला सदस्यमा अधिवक्ता चित्र बहादुर कुताल विष्ट, अधिवक्ता, रामानन्द चौधरी थारू (राजु), अधिवक्ता तिलक बहादुर पाण्डे, अधिवक्ता भानु निरौला, अधिवक्ता छन्दप्रसाद आचार्य, अधिवक्ता भीष्म प्रसाद पौड्याल, अधिवक्ता सुशीला श्रेष्ठ, अधिवक्ता कृष्ण सिंह महरा, अधिवक्ता रेशम कँडेल, अधिवक्ता निकेश कुमार लम्साल, अधिवक्ता केशव खतिवडा, अधिवक्ता नवीन धिताल, अधिवक्ता जमुना भुसाल, अधिवक्ता राजन के.सी., अधिवक्ता राज कुमार महतो र अधिवक्ता दुर्ग प्रसाद खनालले उम्मेदवारी दिएका छन् ।