Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the profile-builder domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/kanunkhabar/public_html/wp-includes/functions.php on line 6114
कुलमानविरुद्धको मुद्दा तीन वर्षदेखि हेर्न नभ्याइनेमा, २८ पटक पेशीमा चढ्दासमेत किनारा नलागेपछि हितेन्द्रदेव दिक्क - कानून खबर

Warning: Undefined variable $post_time_u in /home/kanunkhabar/public_html/wp-content/plugins/td-cloud-library/state/single/tdb_state_single.php on line 1332

कुलमानविरुद्धको मुद्दा तीन वर्षदेखि हेर्न नभ्याइनेमा, २८ पटक पेशीमा चढ्दासमेत किनारा नलागेपछि हितेन्द्रदेव दिक्क

काठमाडौं । कुलमानविरुद्धको मुद्दा तीन वर्षदेखि हेर्न नभ्याइनेमामा पर्दै आएको छ । नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई हटाएर कुलनमानलाइ घिसिङलाई नियुक्त गरेपछि कुलमानको नियुक्ति वदर गरिपाउँ भन्दै सर्बोच्च अदालत गएका थिए ।

उक्त मुद्दा २८ पटक पेशीमा चढ्दासमेत किनारा नलागेपछि हितेन्द्रदेव दिक्क मान्न थालेका छन् ।

२०७८ साउन २५ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकको जिम्मेवारी कुलमान घिसिङलाई दिने निर्णय गर्‍यो ।

घिसिङलाई ४ वर्षका लागि प्राधिकरणको प्रमुखमा सरकारले नियुक्त गरेसँगै प्राधिकरणमा प्रबन्ध निर्देशकका रुपमा काम गरिरहेका हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोग सरुवा गर्ने निर्णय गर्‍यो ।

शाक्यलाई सचिव सरहको सुविधा दिने गरी ऊर्जा आयोगमा विज्ञको पद सिर्जना गरेर सरुवा गर्ने निर्णय भयो । २०७७ माघमा ४ वर्षका लागि नियुक्त भएका शाक्य सरकारले जबरजस्ती हटाएको भन्दै सर्वोच्च अदालत पुगे ।

प्राधिकरणको प्रबन्ध निर्देशकमा थमौती गर्ने गरी अन्तरिम आदेश माग गर्दै शाक्यले सर्वोच्चमा रिट दायर गरे । मन्त्रिपरिषद्ले अवैधानिक रुपमा कुलमान घिसिङलाई प्रबन्ध निर्देशक बनाएको भन्दै उनी सर्वोच्च पुगेका हुन् ।

रिटमा मन्त्रिपरिषद्को निर्णयका आधारमा भएका सम्पूर्ण पत्राचार कार्यान्वयन नगर्न र आफूलाई विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकका रुपमा काम गर्न दिन शाक्यले अन्तरिम आदेश मागेका थिए ।

उनको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन मानेन । उनको मुद्दा तीन वर्ष हेर्न नभ्याइनेमा पर्दै आएको छ । पहिलो पेसी २०७८ भदौ २ गतेका लागि तोकिएको थियो । २८ पटक पेसी चढ्दा समेत मुद्दा किनारा लाग्न सकेको छैन ।

सर्वोच्चले मुद्दा नटुग्याइदिएका कारण शाक्य तीन वर्षदेखि अदालतको चक्कर काटिरहेका छन् । यो मुद्दालाई लम्‍ब्याएर न्याय पाउने नागरिकको अधिकारबाट वञ्चित गरिएको उनको भनाइ छ । ‘तीन वर्ष भइसक्यो । समान प्रकृतिका अरु १० मुद्दामा अन्तरिम आदेश दिइसकेको छ । मेरो केसमा निर्णय भएन,’ हितेन्द्र देव शाक्यले भने, ‘६ महिनामात्रै कार्यकाल बाँकी छ । न्याय पाइँदैन कि भन्ने देखाउँछ । न्याय नै नपाइ घर जान पर्छ कि भन्ने चिन्ता लागेको छ ।’

उनले अदालतलाई छिट्टै यो मुद्दा किनारा लगाइदिन समेत माग गरेका छन् । ‘प्रधानन्याधीशज्यू, फैसला छिट्टै गरिदिने भनेर कहलाउनु भएको छ । उहाँ आफै २ महिनामा रिटार्यड हुँदै हुनुहुन्छ । उहाँको पालामा पनि फैसला भएन भने कहाँ जाने ?’

शाक्यले जस्तो सुकै फैसला भए पनि मुद्दा किनारा लगाइदिन माग गरेका छन् । उनले ऊर्जा आयोग पठाउने सर्वोच्चले फैसला गरिदिए पनि हुने उनको भनाइ छ । ‘मलाई अदालते निर्णय निर्णय मञ्जुर छ । तर चाँडो फैसला गर्नुपर्‍यो,’ उनले भने,’ प्राधिकरण पठाउने निर्णय गरे मैले केहि काम गर्नुछ, त्यसलाई अघि बढाउछु ।’

उनको पेसी साउन ३० गते बुधबारका लागि तोकिएको छ । सर्वोच्च अदालतले १५ दिनमा लिखित जवाफ मगाउन र ३ दिनभित्र पेसी तोक्न आदेश दिएको थियो । तत्कालीन प्रधानन्यायाधीश चौलेन्द्र शमशेरको एकल इजलासले यस्तो आदेश गरेको थियो । तर ३ वर्षदेखि यो रिटमा एकपछि अर्को पेसी चढ्ने सुनुवाइ नहुने प्रक्रिया चलिरहेको छ ।

कुलमान घिसिङको कार्यकाल करिब १ वर्ष बाँकी छ । २०८२ साउनमा दोस्रो ४ वर्षे कार्यकाल पूरा गरेर रिटार्यड हुँदैछन् । यो बीचमा उनलाई हटाउने चर्चासमेत चलेको छ । शाक्यको मुद्दा नटुग्याई प्राधिकरणमा अरु कसैलाई प्रबन्ध निर्देशक बन्न समेत जोखिम हुने देखिन्छ । अदालतले शाक्यलाई प्रबन्ध निर्देशकमा फिर्ता गराउने गरी निर्णय गरेको खण्डमा नयाँ नियुक्ति लिएकाको पद स्वत जान्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज