काठमाडौं । संघीय संसद अन्तर्गतका संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति आज चयन गरिँदै छ ।
बुधबार समितिका सभापतिका लागि संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूलयांकन समितिमा एमालेका ठाकुर गैरेले उम्मेदवारी दर्ता गराएका छन् । दुवै समितिको सभापतिका लागि एकल उम्मेदवारी परेकोले उनीहरु आजै निर्वाचित हुनेछन् ।
दुवै समितिको बैठक आज दिउँसो तीन बजे छुट्टाछुट्टै बस्दैछ ।