काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको शनिवार सम्पन्न कार्यसमितिको निर्बाचनमा अधिवक्ता विदुर प्रसाद ढुङ्गानाको समूह निर्वाचित भएको छ । अध्यक्षमा ढुङ्गाना ११४० मत सहित विजयी भएका हुन । उनका प्रतिद्धन्द्धी गोपाल श्रेष्ठले ४९० मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी गोपाल श्रेष्ठले ४९० मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपाध्यक्षमा ११४२ मत सहित विष्णु ऋषि कोइराला विजयी भएका छन् । कोइरालाका प्रतिद्वन्द्वी दुर्गा प्रसाद चिमरियाले ४४० मत प्राप्त गरेका थिए । त्यसैगरी सचिवमा ११५१ मत सहित प्रबल शर्मा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी देवी प्रसाद रिजालले ४३० मत प्राप्त गरेका थिए । सहसचिवमा ११४३ मत सहित शुसिला चौधरी ११४३ मत सहित विजयी भएकी छिन भने उनकी प्रतिद्वन्द्वी एशोदा कुमारी पाण्डेले ४३२ मत पाएकी छिन् । त्यसैगरी कोषाध्यक्षमा ११४५ मत सहित भुपाल बस्नेत विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी लक्ष्मी रेग्मीले ४३१ मत ल्याएका थिए ।
३ जना महिला सदस्यमा विमला कुमारी शर्मा, जितिन्द्रा विष्ट (जितु) र पुष्पा भुसाल (विमली) विजयी भएका छन् । उनीहरूले क्रमशः ११७३, १०३५ र ११५४ मत प्राप्त गरेका थिए । महिला सदस्यमा उपमा पोखरेलले ६३१ मत प्राप्त गरेकी थिइन ।
त्यसैगरी ११ जना सदस्यमा चित्र बहादुर कुताल विष्ट (१२१७ मत), रामानन्द चौधरी थारु (राजु) (१२२० मत), तिलक बहादुर पाण्डे (१२०४ मत), भानु निरौला (१२५४ मत), छन्दप्रसाद आचार्य (११४८ मत), भिष्म प्रसाद पौड्याल (११६९ मत), सुशिला श्रेष्ठ (१२७४ मत), कृष्ण सिंह महरा (११०२ मत), रेशम कँडेल (११३२ मत), निकेश कुमार लम्साल (१००७ मत) र केशव खतिवडा (१०५६ मत) विजयी भएका छन् ।