विशेष अदालतको फैसला विरुद्ध अख्तियारद्धारा सर्वोच्चमा पुनरावेदन दर्ता

काठमाडौँ । आठ लाख रुपैयाँ घुससहित पक्राउ परेका जाजरकोट जुनीचाँदे गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्णबहादुर केसीसहित सबैलाई विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चमा पुनरावेदन दर्ता गरेको छ ।

अख्तियारले २०७६ माघ १० गते आठ लाख रुपैयाँ घुससहित अध्यक्ष केसीलाई पक्राउ गरेको थियो । गाउँपालिका वडा नम्बर ५ स्थित विभिन्न उपभोक्ता समितिको बिल भुक्तानी गराइदिए बापत अध्यक्ष केसीले मागेको घुस मागोका थिए । अध्यक्ष, जुनीचाँदे गाउँपालिका–५ का तत्कालीन वडा अध्यक्ष राजबहादुर शाही र जुनीचाँदे गाउँपालिकास्थित जनता आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। बस्नेत जुनीचाँदे गाउँपालिका तत्कालीन उपाध्यक्ष शिवा आचार्यका श्रीमान् थिए । घुस बुझ्न जाँदा प्रधानाध्यापक बस्नेत पनि सँगै गएकाले उनी समेत पक्राउ परेका थिए ।

उक्त मुसर्वोच्चमा विशेषको फैसला त्रुटिपूर्ण भएकाले बदर भई उनीहरूलाई दोषी ठहर गर्नुपर्ने जिकिर गर्दै अख्तियारले पुनरावेदन दर्ता गराएको हो । विशेष अदालतले २०८० असोज २२ गते उनीहरुलाई सफाइ दिने फैसला सुनाएको थियो । तत्कालीन अध्यक्ष केसीलाई भ्रष्टाचारसम्बन्धी दुईवटा मुद्दा दायर भएका थिए । दुवैमा सफाइ दिएपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन दर्ता गराएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज