नक्कली सुराकी खडा गरी सुराकी रकम लिएको भन्दै रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी दर्ता

काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । सामाजिक अभियन्ता युवराज सफलले खरेलविरुद्ध अख्तियारमा उजुरी दर्ता गरेका हुन् ।

पूर्व डीआइजी खरेलले विभिन्न जिल्लामा कार्यरत रहँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी कमिसन लिएको अभिव्यक्ति दिएका थिए । त्यहि अभिव्यक्तिलाई आधार बनाउँदै अभियन्ता सफलले अख्तियारमा उजुरी दिएका हुन ।

अभियन्ता सफलले कानुनले वास्तविक सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनस्वरुप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप समेत लगाएका छन् । उनले नक्कली सुराकी खडा गरी सुराकी रकम लिनदिने कार्य पनि भ्रष्टाचारजन्य कार्यमा पर्ने भन्दै खरेललाई तत्काल पक्राउ गरी भ्रष्टाचार ऐन बमोजिम कडा कारबाही गर्न माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज