काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी संशोधन विधेयकमा रहेका कमजोरी सच्चाउन माग गर्दै द्वन्द्व पीडित विभिन्न १९ वटा सङ्घ संस्थाले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । द्वन्द्व पीडितले राष्ट्रिय सभाबाट संशोधन विधेयक सच्चाउन माग गरेका हुन् ।
प्रतिनिधि सभाले साउन २९ गते सङ्क्रमणकालीन न्याय सम्बन्धी संशोधन विधेयक पारित गप। राष्ट्रिय सभामा पेश गरिएको छ । उनीहरुले संशोधन विधेयक पारित गर्दा हत्या, अंगभंग र अपाङ्ग बनाउने घटना, यातनालाई गम्भीर मानव अधिकार उल्लङ्घन अन्तर्गत समावेश गर्नु पर्ने, शान्ति सम्झौता, अन्तरिम संविधान र विद्यमान ऐनमा समेत समावेश गरिएको मानवता विरुद्धको अपराधलाई समावेश गर्नु पर्ने र घटी सजाय गर्न सक्ने आवश्यक आधार ऐनमा व्यवस्था गरेर सजाय निर्धारण गर्ने अदालतको अधिकार सुनिश्चित गर्ने गरी ऐन संशोधन गर्न माग गरेका छन् ।