काठमाडौं । संसदीय विशेष समितिले भोलि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गर्ने भएको छ । सुर्यदर्शन, सानोपाइला लगायत सहकारीको बचत रकम हिनामिनाका लागि भोलि विहिबार सोधपुछका लागि बोलाएको हो ।
गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक लामिछानेलाई सुर्यदर्शन, सानोपाइला लगायत सहकारीको बचत रकम गोरखा मिडिया गएको सन्दर्भमा समितिले सोधपुछका लागि बोलाएको हो।
समितिका सभापति सूर्य थापाका अनुसार लामिछानेलाई विहिबार दिउँसो २ बजे सोधपुछका लागि बोलाइएको छ ।