काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध चरित्र हत्याको आरोप लागेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृ तथा सञ्चारकर्मी ज्वाला संग्रौलाले प्रहरीमा उजुरी दिएकी छन् । प्रसाईंले आफ्नो चरित्रहत्या गरेको भन्दै संग्रौलाले प्रहरीको साइबर ब्युरोमा आइतबार उजुरी हालेकी हुन् ।
आफूले सबै प्रमाणसहित प्रक्रियागत रुपमा उजुरी दिएको संग्रौलाले बताइन् । आज समयाभावका कारण ब्युरोले उजुरी दर्ता गर्न नभ्याएको उनको भनाइ छ । भोलि सार्वजनिक बिदा भएकाले पर्सि कार्यालय समयमा दर्ता गरिने उनलाई प्रहरीले बताएका छन् ।
प्रसाईंले एक युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै ज्वालामाथि लाञ्छना लगाएका थिए । कान्तिपुरको मास्टर हेड दुरुपयोग गर्दै प्रचार गरिएको फेक न्यूज पोस्टका आधारमा प्रसाईंले लाञ्छना लगाएका हुन् । केही समयअघि ‘जापानमा वेश्यावृत्तिमा संलग्न भनिने ज्वाला संग्रौला’ भन्ने टाइटल राखेर उनको तस्विरसहित फोटोसप गरिएको सामग्रीलाई ज्वालाका विरोधीले सामाजिक सञ्जालमा हालेका थिए ।
पछि फ्याक्ट चेकमा कान्तिपुरले यस्तो शीर्षकमा समाचार कहिल्यै नछापेको प्रमाणित भइसकेको छ । आफ्नो अन्तर्वार्तामा प्रसाईंले ज्वालाको नाम नलिइकन ‘जापानमा वेश्यावृत्ति गर्ने महिला’ भनेका थिए ।
उनले भनेका छन्, ‘कोही जापानमा वेश्यावृत्ति गर्ने, कुनै पार्टीको केन्द्रीय सदस्य भका छन् । जापानमा वेश्यावृत्ति गर्ने, केटालाई केटी मिलाइदिने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने, हामीलाई थाहा छैन रु त्यस्ता मान्छे फेसबुक स्टाटसमा लेखेर दुर्गा प्रसाईंलाई हल्लाउन खोज्छन् । वेश्या, भँडुवा, पागलले हल्लाएर दुर्गा प्रसाईं हल्लिँदैन ।
मैले लाश ल्याउँदा सुन ल्याएँ रे । जेलमा बसेको त्या भाइहरुलाई उतै मर्न दिनुपर्ने रछ नि १ अब गर्ने कि नगर्ने १ तिनीले गरुन् । त्यही जापानमा वेश्यावृत्ति गर्नेले गरुन् नि । अर्कालाई केटी मिलाइदिने, अनि आफू पनि वेश्यावृत्ति गर्ने, रातभरि सात जनासँग चर्ने । त्यसले गर्नु नि १ फेसबुकमा लेख्न जानें भनेर हालिछे । यस्ता छन् नयाँ पार्टीका मेम्बर । त्यसको शाखा सन्तानै त्यस्तो हो क्या । आफू केही राम्रो नगर्ने, अर्काको खोइरो खन्ने ।’