सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने मागसहित परेको रिटमा सर्वोच्चद्धारा कारण देखाउ आदेश

काठमाडौँ । ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सशस्त्र प्रहरीका १२ अधिकृतहरूले हालेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।

आइतबार सशस्त्रका दुई डीआईजी दुर्गा भट्टराई र अभि खत्रीसहित एक एसएसपी र नौ एसपीले ३० वर्षे सेवा अवधि हटाउन र यो प्रावधानका कारण आफूहरूलाई अवकाशमा नपठाउन माग गर्दै रिट दायर गरेका थिए ।

नेपाल प्रहरीका २१ अधिकृतहरूले दायर गरेको यस्तै प्रकृतिको रिटमा यसअघि सर्वोच्चका न्यायाधीश हरि फुयालको इजलासले अन्तरिम आदेश जारी गर्दै असोज १० का लागि पेशी तोकेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज