प्रहरी अधिकारीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । प्रहरी अधिकारीलाई उमेर हदअनुसार अवकाशमा जान लागेको भनी दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीसँग लिखित जवाफ माग गर्दै छलफलमा बोलाउने आदेश गरेको छ । न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले विहिबार रिट निवेदक प्रहरी अधिकारीले मागे अनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको हो ।

दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वाेच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने अनि अर्को सुनुवाइमा मात्र यसबारे निर्णय गर्नेछ।

प्रहरी अधिकारीहरु पद अनुसारको उमेरहदका कारण उनीहरु अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी किताबखानाले उनीहरुलाई अवकाशको पत्र समेत पठाइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज