पोखरा । स्वेच्छिक निःशुल्क कानूनी सेवा सम्बन्धी प्रदेश स्तरीय दुई दिने अभिमुखिकरण कार्यक्रम सम्बन्धी आजबाट पोखरामा शुरु भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका ११ वटा बार एकाईहरुबाट ४० जनाको सहभागीता रहेको छ।
कार्यक्रममो उद्घाटन समारोहमा नेपाल बार एशोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरे, नेपाल बार एशोसिएशनका उपाध्यक्ष अधिवक्ता विरेन्द्र केसी, महासचिव अन्जिता खनाल, उच्च अदालत, पोखरा माननीय मुख्य न्यायाधीश रत्न बहादुर वागचन्द्र, माननीय न्यायाधीश राज कुमार खतिवडा, जिल्ला अदालत कास्की मुख्य न्यायधीश नवराज दाहाल, नेवाए पूर्व महासचिव अधिवक्ता खम्ब बहादुर खाती, नेपाल कानून परिषद्का गण्डकी प्रदेशका पार्षद मुकुन्द राज अर्याल, सरेश पौडेल, गण्डकी प्रदेशका मुख्य न्यायधीवक्ता चिरञ्जिवी शर्मा पौडेल, नेपाल बार एशोसिएशनका कोषाध्यक्ष अधिवक्ता भरत बहादुर राउत, सचिव अधिवक्ता भरत लकाई, सदस्यहरु निर्भयराज पौडेल, अधिवक्ता नरेश साह, अधिवक्ता जितेन्द्र मडै, उच्च अदालत बार एकाई अध्यक्ष अधिवक्ता विष्णु मरासैनी, जिल्ला अदालत कास्की बार एकाई अध्यक्ष भगवती पहारी, नेबाएका पूर्व उपाध्यक्ष सुरेन्द्र थापा मगर, पूर्व केस र अधिवक्ता कल्पना भण्डारी लगाएतको उपस्थिती थियो ।