काठमाडौँ । आज सङ्घीय संसद् र राष्ट्रिय सभाअन्तर्गतका विभिन्न चारवटा समितिको बैठक बस्दै छ । सङ्घीय संसद्सं अन्तर्गतका सदीय सुनुवाइ समिति, अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।
अर्थ समितिको बिहान ९ बजे देखि बैठक बसिरहेको छ । बैठकले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको बताइएको छ ।
त्यसैगरी संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै बिहान ११ः३० बजे राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल हुने बताइएको छ ।