उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्दै सर्वोच्च 

काठमाडौँ । निजामती सेवा दिवस, २०८१ को उपलक्ष्यमा सर्वोच्च अदालतले उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ । सर्वोच्च अदालत र मातहतका अदालत र निकायहरूमा कार्यरत कर्मचारीमध्येबाट वर्ष भरी सम्पादन गरेको कामको उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानसमेतका आधारमा कर्मचारीहरूलाई निजामती सेवा दिवसको उपलक्ष्यमा पुरस्कृत गरिएको हो । 

यसरी पुरस्कृत हुनेमा सर्वोच्च मातहतका विभिन्न २५ जना कर्मचारी रहेका छन् । यसका अतिरिक्त निजामती सेवा दिवस, २०८१ को उपलक्ष्यमा आयोजित हाजिरी जवाफ प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, फुटबल प्रतियोगिता र ट्यालेन्ट शो लगायतका विविध कार्यक्रमहरू विजयी कर्मचारीहरू समेतलाई पुरस्कृत गर्ने अदालतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज