काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जानुका पाठक शोभाले दर्ता गरेको मुद्दा उच्च अदालत पाटनले खारेज गर्ने गरेको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराज भण्डारी र खडानन्द तिवारीको इजलासले बस्नेतविरुद्धको मुद्दा दाबी नपुग्ने भन्दै खारेज हुने फैसला सुनाएको हो ।
जानुका पाठक शोभाले बस्नेतले आफूलाई बलात्कार गरेको भन्दै २०८१ वैशाख २० गते बस्नेतविरुद्ध मुद्दा दर्ता गरेकी थिएन । अदालतको यो फैसलासँगै बस्नेतले बलात्कारको मुद्दामा सफाइ पाएका छन् ।
यसअघि जिल्ला अदालत काठमाडौँले पनि दाबी नपुगेको भन्दै मुद्दा खारेज हुने फैसला सुनाएको थियो ।