ज्ञानपुञ्जले शुरु गर्यो ८ दिवसीय मेलमिलाप सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम  

काठमाडौँ । ज्ञानपुञ्ज स्कुल अफ लिडरसिप प्रा. लि. को आयोजना र जन अधिकार संरक्षण मञ्चको प्राविधिक सहयोगमा काठमाडौंमा ८ दिवसीय मेलमिलाप सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । शनिवार सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदीले तालिमको उद्‌घाटन गर्नुभयो । 

उद्‌घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यायाधीश सुवेदीले दक्ष प्रशिक्षक बनाउन अहम् भूमिका खेलेको ज्ञानपुञ्जले नाम अनुसार नै काम गरेकोमा खुशी व्यक्त व्यक्त गर्नु भयो । तालिमको सफलताको शुभकामना व्यक्त गर्दै उहाँले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरूलाई प्राथमिकता राख्न अनुरोध गर्नु भयो । 

तालिममा पूर्व न्यायाधीश, प्रशासकहरू, कानुन व्यवसायीहरू तथा शिक्षकहरूको सहभागिता रहेको ज्ञानपुञ्ज स्कुल अफ लिडरसिप प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत अधिवक्ता हरिप्रसाद डुम्रेले बताउनु भयो । 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज