काठमाडौं। सर्वोच्च अदालतले आफ्नै प्रशासनलाई ‘कारण देखाउ आदेश’ जारी गरेको छ । सोमबार अदालतले आफ्नै प्रशासनलाई ‘कारण देखाउ आदेश’ जारी गर्दै जारी गर्दै सार्वजनिक सरोकारका विषयमा हुने बहस र छलफलको प्रत्यक्ष प्रसारण किन नगरेको भन्दै कारण माग गरेको छ ।
कानुनका दुई विद्यार्थीहरू अनिल कुमार साह र विवेक चौधरीले आइतबार अदालतको कार्यवाहीको प्रत्यक्ष प्रसारणको माग गर्दै दायर गरेको रिटमा न्यायाधीश कुमार रेग्मीको इजलासले यस्तो आदेश गरेको हो । निवेदकहरुले अदालतमा हुने सार्वजनिक सरोकारका बहस र छलफललाई प्रत्यक्ष प्रशारण गर्नुपर्ने जसले गर्दा न्यायिक पारदर्शिता र जनताको न्यायमा पहुँचको नयाँ युगको सुरुवात गर्ने उल्लेख गरेका थिए । निवेदकहरूले रिट अदालतको कार्यवाहीलाई प्रत्यक्ष प्रसारण गर्नु न्यायिक प्रणालीको आमूल परिवर्तनको लागि अपरिहार्य रहेको तर्क राखेका थिए ।
सर्वोच्चले यो मुद्दालाई प्राथमिकतामा राख्न (अग्राधिकार दिन) पनि माग गरेको छ ।
सम्बन्धित समाचार