काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेका प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।
समितिकी सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार प्रस्तावित प्रधानन्यायाधीश राउतका सम्बन्धमा १० दिन निर्धारण गरी सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय भएको छ । त्यसपछि सुनुवाइ हुनेछ । संवैधानिक परिषद्ले भदौ ३१ मा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
यसैवीच संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरू चित्रलेखा यादव (अस्ट्रेलिया) र सेवा लम्साल (बेल्जियम) को पनि सुनुवाइ प्रक्रिया पनि अघि बढाएको छ । मन्त्रिपरिषद्ले परराष्ट्र सचिव लम्साललाई साउन ३१ मा बेल्जियमका लागि र यादवलाई भदौ २४ मा अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस गरेको थियो । उनीहरुको अनुमोदनका सम्बन्धमा १० दिन निर्धारण गरी सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय भएको छ ।