दुर्गा प्रसाईँ पक्राउ, ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ परेका प्रसाईँलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेले उनलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।

असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको छ । प्रसाईँसँगै बागलुङ उजुरी परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज