तोकिएको समयमा निर्वाचन हुन नसकेकोबारे पत्रकार महासङ्घलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा किन हुन नसकेको भनेर लिखित जवाफ दिन आदेश गरेको छ। सर्वोच्चमा आइतबार दर्ता भएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सबै विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए । रिटमा अन्तरिम आदेश जारी गर्न माग गरिएको भएपनि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। चौलागाईंले रिटमा ६ महिनाभित्र निर्वाचन गराउन अन्तरिम आदेशको माग पनि गरेका थिए । वर्तमान कार्यसमितिले तोकिएको मितिमा चुनाव गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट चुनाव गराएर संस्थालाई निकास दिनुपर्ने माग पनि रिटमा गरिएको छ।

त्यसैगरी रिटमा अब प्रदेश र जिल्ला अध्यक्षहरू सम्मिलित राष्ट्रिय भेला आयोजना गरी सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारबाही बारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोक्न समेत माग गरिएको थियो ।

रिटमा अघिल्लो वार्षिक साधारण सभामा सहभागी पुराना सदस्यहरूलाई निर्वाचनमा सहभागी हुने व्यवस्था गरेर मात्रै निर्वाचन गर्नु भनी विपक्षीहरूका नाममा परमादेश आदेश जारी गर्न पनि माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज