श्रीलंकाको राजदूतमा प्रस्तावित भट्टराई सुनुवाइ समितिको दुईतिहाइ बहुमतद्वारा अस्वीकृत

काठमाडौँ । श्रीलंकाको राजदूतमा सिफारिस रामकृष्ण भट्टराईको नाम संघीय संसद्को संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ । आज बसेको सुनुवाइ समिति बैठकको दुईतिहाइ बहुमतले भट्टराईको नाम अस्वीकृत गरेको हो ।

समितिको बैठकपूर्व प्रस्तावित राजदूत भट्टराईले स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र पेस गर्न नसकेपछि सुनुवाइको प्रक्रियाबाट आफ्नो नाम फिर्ता लिनका लागि निवेदन दिएका थिए ।
प्रस्तावित व्यक्तिको नाम कि त स्वीकृत गर्नुपर्ने कि अस्वीकृत गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार समितिले भट्टराईको नाम दुई तिहाईले अस्वीकृत गरेको हो ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ को दफा ३ (घ) बमोजिमको व्यवस्थाअनुसार कागजात प्रस्तावित राजदूत भट्टराईले उपलब्ध गराउन सकेका थिएनन् । उक्त व्यवस्थामा नेपाल सरकारद्वारा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह पास गरेको व्यक्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस हुने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज