विपदमा ज्यान गुमाएकाहरुकाे सम्झनामा राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाउने

काठमाडौं । सरकारले विपदबाट ज्यान गुमाएकाहरुकाे सम्झनामा राष्ट्रिय शोक घोषणा गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो तथा डुवानमा परेर मृत्यु भएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङका अनुसार सरकारले शोक घोषणा गर्दै आगामी ३ दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज