सर्वोच्चले माग्यो चुडामणि शर्माको अर्को मुद्दा, गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा पेस गर्न आदेश

प्रत्यक्षीकरणको निवेदनमाथि निर्णय सुनाउने दिन सर्वोच्च अदालतले चुडामणि शर्माको अर्को मुद्दासमेत सँगै राख्न आदेश दिएको छ । उनकाे गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा पेस गर्न आदेश दिएको हाे ।

सर्वोच्च अदालतले निलम्बित सहसचिव चुडामणि शर्माको बन्दीप्रत्यक्षीकरण निवेदनमा उनका विरुद्ध परेको गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा समेत पेस गर्न आदेश दिएको हाे ।

कर फर्स्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य चुडामणि शर्माले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि निर्णय सुनाउने मिति तोकेका दिन सर्वोच्च अदालतले फेरि अर्को मुद्दा पनि साथै राख्नु भनी आदेश दिएको हो ।

न्यायाधीशहरु डा नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले चुडामणि शर्माविरुद्ध अख्तियारले दर्ता गरेको गैरकानूनी सम्पत्ति आर्जनको अर्को मुद्दा पनि पेस गर्नु भनी आदेश दिएको हो ।

महत र शर्माले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनको साथमा सर्वोच्च अदालतले उनीहरुको भ्रष्टाचारमुद्दाको पनि सुनुवाइ गरेको थियो । लगातार चार दिन सुनुवाई गरेर सर्वोच्च अदालतले मंगलबार निर्णय सुनाउने मिति तोकेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज