काठमाडौँ । अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दामा जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठका आशिष देउलासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रबहादुर कार्कीले देउलासहित ४ जनालाई पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेका हुन् ।
सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको थियो । ३३ वर्षका देउलासहित ४ जना भदौ १८ मा पक्राउ परेका थिए ।