सर्वोच्चका उपरजिस्ट्रार घिमिरेले मागे सरकारसँग सुरक्षा

काठमाडौँ । सर्वोच्च अदालतका उपरजिस्ट्रार एवं सहायक प्रवक्ता गोविन्द घिमिरेले अदालतको अवहेलनामा दोषी ठहर भएका राजकुमार तिमल्सिनाले लगातार अज्ञात नम्बरबाट फोन गरेर धम्की दिएको भन्दै सुरक्षाका लागि सरकार आग्रह गरेका छन्।

सिधाकुरा अनलाईनबाट प्रशारित सामग्रिले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चले तिमल्सिना सहिलतलाई अदालतको अवहेलना मुद्दा चलाएको थियो । उक्त अवहेलना प्रयोजनका लागि प्रतिवेदन उठाउने र निवेदन दर्ताको काम उपरजिस्ट्रार एवं सहायक प्रवक्ता घिमिरेले गरेका थिए ।

सर्वोच्चको ९ न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासले असोज १३ गते राजकुमार तिमल्सिनाले उपलब्ध गराएको अडिओमा आधारित सामग्री प्रकाशन र प्रसारण गरेवापत सिधाकुरा डट कमका दुई पत्रकारलाई सर्त सहित ३ महिना कैद र सिधाकुरालाई ५ हजार रुपैयाँ जरिवाना तथा तिमल्सिनालाई विना सर्त ६ महिना कैद सजाय सुनाएको थियो । सिधाकुरा डट कमका दुई पत्रकार एक साता कैद बसेर रिहा भइसकेका छन् । सोही मुद्दामा तिमल्सिनालाई माफी माग्ने अवसर पनि दिइएको छैन। रकम तिरेर कैदबाहिर बस्ने सुविधा पनि उनले नपाउने गरी सर्वोच्चले फैसला सुनाएको छ।

अदालतको पैmसला पछि तिमल्सिना फरार छन्। उपरजिस्ट्रार घिमिरेले आफ्नो फेसबुकमा पोष्ट गर्दै तिमल्सिनाले भारतीय नम्बरबाट फोन गरेर बेलाबेला धम्क्याउने गरेको उल्लेख गरेका छन्। तिमल्सिनाले आफ्नो फेसबुकमा पनि घिमिरेको तस्बिर राखेर बदला लिने धम्की दिएका छन्। फेसबुकको सोही स्क्रिनसट राखेर घिमिरेले लेखेका छन्, ‘यो वर्ष मेरी काकी स्वार्गारोहण भएको कारण दसैँ थिएन। यही समयमा डेंगीले अस्पताल थिएँ। तर यस्ता कुराको बारम्बार पीडामा छु। बाँकी मेरो संस्थाले यसबारेमा उचित निष्कर्ष र निकाससहितको उपचार निकाल्ने आशामा छु। नेपाल सरकार साइबर ब्युरोले थप अनुसन्धान गरोस्। मलाई उचित सुरक्षा देओस्। अनुरोध गर्न चाहन्छु।’

यो स्टाटस लेखेको केहीबेरपछि उनले थप लेखेका छन्, ‘स्वतन्त्र न्यायपालिका,विधिको शासन र लोकतन्त्रका लागि बलि दिन तयार छु। विगत २० दिनदेखि भारतीय नम्बर र बेनामीबाट धम्की दिनेहरुबाट विचलित भएको छैन र हुने पनि छैन। मेरो बाटो सपाट छ। मलाई भ्रष्ट भन्नेहरुले मेरो सम्पत्ति विवरण लिए पुग् । चाहिए सञ्जालमा दिन तयार छु। कृपया परिवार भएको मान्छे हुँ। उनीहरुलाई तनाव नदिनुस्।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज