काठमाडौं । बैंक पनि साथि पनि भनेर प्रचारात्मक नारा बनाएको एनआइसी एशियाले विराटनगरका एक ऋणीलाई भने सत्रुवत व्यवहार गरेको छ । एनआईसी एशिया बैंकले इटहरीका एक ऋणीमाथि ज्याजती गरिरहेको तथ्य बाहिरिएको छ । विराटनगरमा शान्ति निकेतन इन्जिनियरिङ कन्सल्टेन्सी चलाएका विक्रम तिम्सिना (विक्रम श्री)बाट २ लाख ६५ हजार रुपैयाँ ऋण उठाउन बैंकले हदैसम्मको ज्याजती गरिरहेको भन्दै पीडितले नेपाल राष्ट्र बैंक, सम्बन्धित बैंक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आन्तरिक राजस्व कार्यालदेखि विभिन्न सरकारी निकायसहितका ११ ठाउँमा निवदेन दिएका छन ।
ऋणी तिम्सिनाले दिएको निवेदन अनुसार बैंकले उक्त ऋण उठाउन आफ्नो जायजेथा लिलाम गर्न खोजेको, कालोसूचीमा राखेर बारम्बार ऋण तिर्न दबाब दिइरहेको, ऋणको ब्याजवापतको किस्ता तिर्दासमेत साँवाबाट नघटाएको, बैंकले आफ्नो खाताबाट गैह्रकानूनी रुपमा रकम तानिरहेको र आफ्नो ऋण उठाउन भाइलाई २ लाख रुपैयाँको भन्दै झुक्याएर कागजात गराई ५ लाख रुपैयाँको ऋणको भारी बोकाइदिएकोसहितको गुनासो गरेका छन् ।
विक्रम तिम्सिनाले एनआईसी एशियाबाट ९ वर्ष अगाडि ७५ लाख ऋण लिएका थिए । उनले ९ वर्षसम्म ब्याज र किस्ता नियमित तिर्दासमेत अझै १ करोड १२ लाख रुपैयाँ बाँकी छ । तिम्सिनाले विचमा १८ लाख ऋण लिँदा बैंकले १५ लाख रुपैयाँ ब्याजमै कटाइदिएको गुनासो पनि उनले गरेका छन् । उनको गुनासो नै बैंकले सहजीकरण नगरेको र मित्रवत व्यवहार नगरेको गुनासो गरेका छन् ।
एनआईसी एसिशयाले तिम्सिनालाई ८.५% ब्याजदरमा कर्जा रकम दिएको थियो । नेपाल राष्ट्र बैंकको नीति बमोजिम कर्जाको ब्याजदर बढ्दा बढाउने र घटदा घटाउनुपर्ने व्यवस्था विपरीत उक्त बैंकले आफूबाट चर्को ब्याजदरमा किस्ता अशुल गरिरहेको गुनासो उनले गरेका छन् । ब्याजदर घटदा समेत नघटाई बढदो ब्याजदरमा कर्जाको किस्ता रकम बुझाउन लगाएको हुदा उक्त कानून विपरीतको कार्यमा आफ्नो असहमति पटक पटक व्यक्त गर्दासमेत बैंकले नसुनेको गुनासो तिम्सिनाले गरेका छन् ।
तिम्सिनाले लेखेको पत्रमा भनिएको छ – ‘मेरो श्रीमती माराभिक क्योन (मिम्सिना) क्यान्सरको रोगी भएको र उनको उपचारका लागि २०१८ सेप्टेम्बरमा आकस्मिक रूपमा फिलिपिन्सको मनिलामा उपचारको लागि जानुपरको थियो । त्यतिबेला उपचार सकेर नेपाल फर्कदासम्म बैंकको किस्ता तिर्न दुई महिना ढिला हुन पुगेको थियो । त्यतिबेला देखि नै बैंकले आफूलाई ऋणीमात्र नभएर ठूलो बैंकिङ कसुरको अपराधि झै ब्यवहार गर्न थालेको थियो ।’
तिम्सिनालाई बैंकले २०७६ पुस १३ गते ब्ल्याक लिस्टिङ गरेर कर्जा अशुलीको लागि थप प्रयास गर्न थालिसकेको थियो । ऋणी तिम्सिलााई भने के कति कारणले ब्ल्याक लिस्टिङ गरियो भन्ने जानकारी थिएन भने सो को जानकारी पटक पटक माग गर्दा समेत बैंकले दिन नमानेको गुनासो उनले गरेका छन । बैंकले आफ्नो धितोमा रहेको जायजेथा अत्याउने गलत नियत र दुषित मनोभावना ४ वर्षदेखि कालोसूचीमा राखेको उनले बताएका छन् । बैंकले २०८० जेठ १० मा ब्ल्याक लिस्टिङ रिलिज गर्नेबेलासम्म उनको कन्सल्टेन्सीको खाता बन्दा, कारोबार गर्न नपाउने तथा इज्जत र प्रतिष्ठालाई धुमिल बनाइदिइसकेको पनि उनले बताएका छन् ।
तिम्सिनाले आफूले लिएको ऋणको कर्जा वापतको किस्ता प्रत्यक्ष तिर्न ब्ल्याक लिस्टिङ भएको कारण सिधै कर्जा विभाग मार्फत बुझाएको समेत गर्दै आएको तर मेरो बैंक स्टेटमेन्ट हेर्दा ३/३ महिनाको ड्यु बाँकी देखिएकोले हुँदा यसमा बैंकका कर्मचारीले गलत नियत राखेर आफ्नो सावा नै नघटाएको गम्भिर आरोप पनि उनले लगाएका छन् ।
बैंकले ऋणीलाई मित्रवत व्यवहार नगर्ने, फोनमा धम्काउने, परिवारका अन्य सदस्यहरूलाई डर त्रास देखाइ हतियार सहितको सुरक्षा गार्ड राखे, हप्काउने, लिलामीको डर त्रास देखाउने जस्तो अमानवीय व्यवहार देखाउएको पनि उनले राष्ट्रबैंक सहितका निकायलाई लेखेको पत्रमा उल्लेख गरेका छन ।
ऋणको ब्याजवापतको किस्ता तिर्दासमेत साँवाबाट नघटाएको, बैंकले आफ्नो खाताबाट गैह्रकानूनी रुपमा रकम तानिरहेको र ऋण उठाउन भाइलाई २ लाख रुपैयाँको भन्दै झुक्याएर कागजात गराई ५ लाख रुपैयाँको ऋणको भारी बोकाइदियो ।
बैंकले धितो लिलामी गर्ने भन्दै लिलामीको ३५ दिने र ७ दिने पत्र एकै दिन पठाएको, बैंकलाई जम्मा २ लाख ६५ हजार रुपैयाँ मात्र किस्ता बुझाउँन बाकी रहेकै अवस्थामा तिन पुस्ते विवरण सहित फोटो राखेर पत्रिकामा सूचना प्रकाशित गरेको, कानून विपरीत मासिक रुपमा भुक्तानी गर्नु पर्ने कर्जाको किस्ता रकम भन्दा बढी रकम लिई अन्याय गरेको पनि उल्लेख गरेका छन् । बैंकको ज्याजतीबाट उम्कन अर्को बैंकमा कर्जा ट्रान्सफरको अनुमाति माग्दा नदिएको, भाइ मेघराज तिम्सिनालाई दुई लाख रुपैयाको कर्जा भनी झुक्याएर पाँच लाख रुपैयाँको कागजातमा छाँप दस्तखत गराएर जबरजस्ती किस्ता अशुल गरेको सहितको गुनासो पनि उनले गरेका छन ।
बैंकले डर त्रासको वातावरण सिर्जना गरी बिभिन्न ब्यक्तिहरुमार्फत फोन गर्न लगाउने, उनीहरुबाट अपशब्दहरु प्रयोग गरी गाली गरेर मानसिक तनाव दिने, घरमा विभिन्न ब्यक्तिहरुलाई गुण्डागर्दी शैलीमा थर्काउन पठाउने, घरमा २४ घण्टा नै बैंकको सुरक्षा गार्ड खटाएर बन्धक बनाउनेसहितका अमानवीय र गैह्रकानूनी कार्यहरु गरेको गुनासो पनि तिम्सिनाले एनआएसी एसिया बैंकलाई गरेका छन् ।
तिम्सिनाले लेखेको पत्रमार्फत भनेको छन्, ‘कर्जा सम्झौतामा हस्ताक्षर गरे पश्चात बिना जानकारी विभिन्न समयमा ब्याज बढाईएको तर घटदा नघटाई किस्ता लिएकोले उक्त घटदो ब्याजदरमा हिसाव गरी किस्ता रकम लिई बाँकी रकम मेरो खातामा फिर्ता गर्ने ब्यवस्था गरि पाउँ’ । उनले ‘बैंक मार्फत कर्जा लिदा पेश गरेको मेरो आम्दानीको मुख्य स्रोत नै शान्ति निकेतन इन्जिनियरिङ कन्सल्टन्सी रहेकोमा मलाई कुनै सूचना तथा जानकारी समेत नदिई देशको प्रचलित कानूनी प्रक्रिया समेत मिचेर जानकारी बिना नै २०७६ पुस १३ देखि २०८ जेठ १० सम्म ब्ल्याकलिस्टिङ गर्नुको कारण त्यसबाट भएको आर्थिक क्षतिको क्षतिपूर्ति पाउँ’ भनेको छन ।
बैंकले ऋणीलाई मित्रवत व्यवहार नगर्ने, फोनमा धम्काउने, परिवारका अन्य सदस्यहरूलाई डर त्रास देखाइ हतियार सहितको सुरक्षा गार्ड राखे, हप्काउने, लिलामीको डर त्रास देखाउने जस्तो अमानवीय व्यवहार देखाएको, धितो लिलामी गर्ने भन्दै ३५ दिने र ७ दिने पत्र एकै दिन पठाएको छ ।
तिम्सिनाले भनेका छन्, ‘कर्जा लिदाका बखत दुइ पक्षीय समझदारी गरे बाहेकका मेरो जानकारी बिना पठाइएको क्यापिटल, ब्याज, पेनाल्टी लगाएतका जुनसुकै शिर्षकमा मेरो खाता बाट गैह्रकानूनी रुपमा असूल गरिएको रकम फिर्ता पाउँ ।’ उनले निवेदकले कर्जा लिएको मिति देखी आजको मिति सम्ममा बैंकलाई दिनु पर्ने कानून बमोजिमको रकम कति हो ? सो को छानबिन गरि बैंकले म संग गैह्रकानूनी रुपमा लिएको रकम मेरो खातामा फिर्ता गरि पाउँ भन्दै लिखित निवेदन विभिन्न सरकारी निकायमा दिएका छन् ।
बैंकले नियमअनुसार गर्ने हो, ऋणीसँगको सम्झौता विपरीत गरेका छैनौ : एनआईसी एशिया
एनआईसी एशिया बैंकले भने सबै ऋणीलाई नियमअनुसार नै निक्षेप लिने र ऋण दिने काम गर्ने गरेको बताएको छ । बैंकले ऋणीसँगको सम्झौता विपरीत कुनै गतिविधि नगर्ने गरेको दाबी पनि गरेको छ । एनआईसी एशिया बैंकका प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाका अनुसार बैंकले नियमअनुसार गर्ने र सोही अनुसार गरिरहेको हुनुपर्ने बताए । उनले भने ‘बैंकले बेसरेटमा प्रिमियम जोडेर ऋणको किस्ता लिने गरेको छ । बैंकले ब्याज घटेको बेला बढाएर लिनै सक्दैन् ।’
खनियाले भने ‘समयमा नतिर्ने ऋणीलाई पेनाल्टी लगाइएको हो । यदि समयमा ऋण नतिर्ने ऋणीबाट पेनाल्टी नलिने हो भने कसैले पनि समयमा ऋणको ब्याज र किस्ता तिर्दैनन् त्यसैले बैंकिङ सिस्टम अनुसार चल्नेपर्ने हुन्छ । तर पेनाल्टी लागिसकेपछि पनि ऋणीको सहमति लिइरहनुपर्ने आवश्यक नहुने र लिँदैन पनि ।’
खनियाले कानूनखबरसँग भने भने ‘सम्झौतामा नै उल्लेख भएको, ऋणी र बैंकबीचको अफर लेटरमा भएको भन्दा घटीबढी बैैंकले लिनै सक्दैन । यदि बैंकले सम्झौताभन्दा बढी लिएको अवस्थामा बैंक दोषी हुन्छ भने यस्तो अवस्थामा राष्ट्र बैंकले कारवाही पनि गर्छ ।’ उजुरीकर्ताले राष्ट्र बैंकसँगै निवेदन दिइसकेको भए हामीले पक्कै रेस्पोन्स गरिसकेको छौं त्यसको बोधार्थ सम्बन्धित ब्यतिmले पनि पाएको हुनुपर्छ ।
खनियाले भने ‘पीडितले बुझाएको पैसा, तिरेको ब्याज र बैैंकले लिएको पैसाको प्रमाण ल्याएको अवस्थाम गुनासो सुन्ने अधिकारी म नै भएकोले मसँग कुनै गुनासो आएको छैन । यदि गुनासो आएको अवस्थामा राष्ट्र बैंक जानै नपर्ने र सम्बन्धित व्यक्तिलाई बैंकले नै सन्तुष्ट बनाएर पठाउने गरेको छ । यदि त्यो ब्यक्तिलाई परेको समस्या जायज हो भने डकुमेन्ट लिएर मसँग आउनुभयोभने पक्कै उसको गुनासोलाई उचित सम्बोधन गरेर पठाउँछु ।’