बार अध्यक्ष घिमिरेको मुद्दाको म्याद तामेल, ७ दिनभित्र लिखित जवाफ दिनुपर्ने

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेका विरूद्धमा अदालतको अवहेलना मुद्दाको म्याद आइतबार तामेल भएको छ । सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष घिमिरेलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनेर लिखित जबाफ दिन कात्तिक १ गते आदेश गरेको थियो ।

उनलाई अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द प्रसाद घिमिरेले तयार गरेको प्रतिवेदन दसैंअघि दर्ता भएको थियो।

सोही प्रतिवेदनको पहिलो सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको इजलासले उनलाई सात दिनभित्र आफै वा आफ्नो वारेसमार्फत लिखित जबाफ बुझाउन भनेको सर्वोच्च अदालतले जनाएको छ।

नेपाल बारका अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिका विषयलाई लिएर प्रधानन्यायाधीश तथा अदालतको जनआस्थामा असर पुग्ने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै उपरजिष्ट्रार गोविन्द घिमिरेले उनलाई अवहेलनामा कारबाही गर्नुपर्ने प्रतिवेदन तयार पारेका थिए।

बार अध्यक्ष घिमिरेलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश, वारेसमार्फत भएपनि जवाफ दिनुपर्ने

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज