९२ लाख ऋणको ९ वर्षमा डेढ करोड तिर्दासमेत अझै १ करोड १२ लाख बाँकी, एनआईसी एशियाले राष्ट्र बैंकलाईसमेत गुमराहमा पारेकाे पीडितकाे दाबी

काठमाडौं । एनआईसी एशिया बैंकले विराटनगरका एक ऋणीलाई ज्याजती गरेको र सावाँ भन्दा बढी रकम अशुलेर पनि अपराधीजस्तो व्यवहार गरेको भन्दै ऋणी विक्रम तिम्सिना (विक्रमश्री)ले राष्ट्र बैंकदेखि विभन्नि सरकारी निकायमा उजुरीसहितको गुनासो दर्ता गराएका थिए ।

उनले ९२ लाख रुपैयाँ ऋणको ९ वर्षमा १ करोड ४८ लाख तिर्दासमेत अझै १ करोड १२ लाख बाँकी रहेकाे भन्दै एनआईसी एशियाले  आफूमाथि ज्याजती गरिरहेको उनकाे भनाइ छ । याे विषयमा उनले केन्द्रीय बै‌कमासमेत एक साता अगडि नै उजुरी दिएका थिए । ‘उजुरीकाे जवाफ आउँदा त बै‌कले राष्ट्र बैंकलाई समेत गुमराहमा पारेकाे पाे पाए’ तिम्सिनाले कानून खबरसँग भने ।

ऋणीले नियामक निकायमा गुनासो गरेपछि नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकसँग ७ दिनभित्र स्पष्टीकरण मागेको थियो । राष्ट्र बैंकको एक्सनपछि एनआईसी एशियाले स्पष्टीकरण पेश गरेको हो । नेपाल राष्ट्र बैंकलाई एनआईसी एशिया बैंकले बुझाएको उक्त स्पष्टीकरण पत्रको बोधार्थ ऋणी बिक्रमश्रीलाई समेत दिइएको छ ।

एनआईसी एशियाले दिएको जवाफ टालटुले दिएर टार्न खोजियो उक्त बैंकबाट पीडित विक्रम तिम्सिनाले कानून खबरलाई बताएका छन् । तिम्सिनाले राष्ट्र बैंकसहित कानून खबरलाई पनि उक्त उजुरीको बोधार्थ दिएका थिए ।

एनआइसी एशिया बैंकले ऋणी तिम्सनालाई घर कर्जा तथा व्यवासयीक कर्जाको रुपमा पटक पटक दिएको ऋण वापतको रकम समयमा प्राप्त नहुँदा ब्याज तथा जरीवाना बढेको र सो अनुसारको भुक्तानी मागेको दाबी गरेको छ ।

विक्रम तिम्सिनाले एनआईसी एशियाबाट ९ वर्ष अगाडि पटक पटक गरेर ७५ लाख ऋण लिएको बताएका छन । उनले ९ वर्षसम्म ब्याज र किस्ता नियमित तिर्दासमेत अझै उक्त बै‌ंकले १ करोड १२ लाख रुपैयाँ बाँकी देखाइको छ ।

तिम्सिनाले बीचमा १८ लाख ऋण लिँदा बैंकले १५ लाख रुपैयाँ ब्याजमै कटाइदिएको गुनासो पनि उनले गरेका छन् । उनको गुनासो नै बैंकले सहजीकरण नगरेको र मित्रवत व्यवहार नगरेको गुनासो गरेका छन् ।

ऋणीमाथि एनआइसी एशियाको अपराधीजस्तो व्यवहार: खाताबाट गैह्रकानूनीरुपमा रकम तान्याे, भाइलाई ५ लाखको ऋण बोकायो

एनआईसी एसिशयाले तिम्सिनालाई ८.५५ ब्याजदरमा कर्जा रकम दिएको थियो । नेपाल राष्ट्र बैंकको नीति बमोजिम कर्जाको ब्याजदर बढ्दा बढाउने र घटदा घटाउनुपर्ने व्यवस्था विपरीत उक्त बैंकले आफूबाट चर्को ब्याजदरमा किस्ता अशुल गरिरहेको गुनासो उनले गरेका छन् ।

ब्याजदर घटदा समेत नघटाई बढदो ब्याजदरमा कर्जाको किस्ता रकम बुझाउन लगाएको हुदा उक्त कानून विपरीतको कार्यमा आफ्नो असहमति पटक पटक व्यक्त गर्दासमेत बैंकले नसुनेको गुनासो तिम्सिनाले गरेका छन् ।

तिम्सिनाले लिएको साँवाभन्दा बढी पैसा तिरिसकेको दाबी गर्दा समेत बैंकले भने अझै १ करोड ११ लाख ३२ हजार रुपैयाँ तिर्नुपर्ने भन्दै उनलाइ बुधबार राष्ट्र बैंकमा पेश गरेकाे पत्रकाो बाेधार्थ दिएको छ ।

एनआइसी एशिया बैंकले दिएको जवाफ बैंकले आफुअनुकुल मात्रै जवाफ दिएको तिम्सिनाले बताए । उनले १ करोड ४८ लाख तिरिसकेको दाबी गरेका छन् । उनको ऋण ९२ लाख रुपैयाँ मात्रै हुँदासमेत अझै १ करोड १२ लाख रुपैयाँ तिर्नुपर्ने देखाएर बैंकले ममाथी ज्याजती गरेको छ,’ तिम्सिनाले भने ।

एनआईसी एशियाले राष्ट्र बैंकलाई समेत झुटो बोलेर पत्र लेखेको दाबी तिम्सिनाको छ । तिम्सिना भन्छन्, ‘राष्ट्र बैंकले कि त आफैं छानविन गर्नुपर्छ अन्यथा बैंककै पक्षमा लाग्ने हो भने ममाथी झन ठूलो अन्याय भएको छ ।’

यस्तो छ ऋणीकाे विषयमा एनआईसी एशिया बैंकले राष्ट्र बैंकमा पठाएकाे पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज