काठमाडौं । जिल्ला अदालत कास्कीले सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। हो। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
गत शुक्रबार पक्राउ परेका लामिछानेलाई यसअघि अदालतले अनुसन्धानका लागि ६ दिनको म्याद दिएको थियो ।