निर्मला कुर्मीलाई न्याय दिलाउने सरकारी प्रतिवद्धता, रूबी खान समूहले स्थगित

काठमाडौं । निर्मला कुर्मीको हत्या भएको भन्दै दोषिलाई कारबाही गरि कुर्मिलाई न्याय दिन लामो समय देखि प्रदर्शनरत रूबी खान र सरकारबीच सहमति भएको छ। मंगलबार अपरान्ह्र गृह मन्त्रालयका प्रवक्ता एव‌ं सहसचिव ऋृषिराम तिवारी, उपसचिव दिलकुमार तमाङ र रूबी खानबीच माइतीघर मण्डलमा सहमति भएको हो।

रूबी खानको टोली र मन्त्रालयका पदाधिकारीबीच मंगलबार मन्त्रालयमा वार्ता भएको थियो। वार्ता सकरात्मक भएपछि आन्दोलनरत खान र मन्त्रालयबीच सहमति भएको थियो ।

दोषि उपर तत्काल कानुनी कारबाही अगाडि बढाउने र आन्दोलनरत परिवारको सुरक्षा व्यवस्था मिलाउने सरकारको प्रतिबद्धता पछि हामीले आन्दोलन फिर्ता लियौं रूबी खानले भनिन् हाम्रो माग पुरा हुन्छ भन्ने विश्वास छ ।

खान सहितको टोलीले निर्मला कुर्मीलाई न्याय दिइनुपर्ने भन्दै जेठ २५ गतेदेखि काठमाडौं केन्द्रित प्रदर्शन गर्दै आइरहेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज