१४ महिना जेल बसेर छुटे राहुल महरा

काठमाण्डौं । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका राहुल महरा १४ महिना जेल सजाय काटेर गत मंगलबार छुटेका छन‍्। भेपमार्फत ९ किलो सुन तस्करीमा जिल्ला अदालत काठमाडौंले कसुर ठहर गरी उनलाई जेल सजाय तोकेको थियो। उनी उक्त सजाय भुक्तान गरी छुटेका हुन्।

केन्द्रीय कारागार जगन्नाथदेवलमा थुनामा रहेका महरा कात्तिक १३ गते छुटेको कारागार प्रशासनले जनाएको छ ।

२०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले ल्याएको ७३ वटा बट्टामा रहेको ७३० वटा भेपभित्र ९ किलो सुन थियो। सोही प्रकरणमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महरालाई २०८० भदौ १३ गते पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले गत असोज २६ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

८ करोड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ बराबरको सुन भन्सार कार्यालयबाट चोरी भएपछि यो घटना बाहिरिएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरी पाँच जनाविरूद्ध मुद्दा चलाएको थियो। राहुल पूर्वसभामुख कृष्णबहादुर महराका छोरा हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज