विराटनगर । मुख्यमन्त्रीलाई समेत जानकारी नदिइ सुटुक्क जापान गएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । प्रदेश मन्त्री परिषद् र संघ सरकारको अनुमती बेगर नै जापान गएको विषय विवादित भएपछि मन्त्री अधिकारीले बुधबार राजीनामा दिएका हुन्।
अधिकारीले बुधबार बिहान मुख्यमन्त्री हिक्मत कार्कीलाइ राजीनामा बुझाएका हुन । मुख्यमन्त्रीले हिम्मत कार्कीले पदीय मर्यादाविपरीत गतिविधि गरेको भन्दै अधिकारीलाई राजीनामा सुझाव दिएपछि उनले राजीनामा दिएको बताइएको छ । मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ । तर, मन्त्री अधिकारी कसैलाई थाहै नदिइ कार्यक्रममा भाग लिन गत कात्तिक १३ मा सुटुक्क जापान उडेका थिए ।