देवीप्रकाश भट्टचन विरुद्ध सहकारी ठगीको मुद्दा दर्ता गर्न प्रहरीद्वारा अस्वीकार, सरकारी वकिलकाे पत्राचारलाई बेवास्ता

काठमाडौं । एमाले सांसद तथा व्यवसायी देवीप्रकाश भट्टचन विरुद्ध सहकारी ठगीको मुद्दा दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरीले भट्टचनको मुद्दा दर्ता गर्न नमानेपछि सरकारी वकिल कार्यालयलेसमेत असोज ११ गते जाहेरी दरखास्तको विवरण जिल्ला प्रहरी परिसर काठमाडौंंलाई पठाएको छ ।

सरकारी वकिल कार्यालयले कुसुम लामाले दिएको देवीप्रकाश भट्टचन विरुद्धको ठगी मुद्दालाई आवश्यक कार्यार्थ पेश गर्न भनेको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २४९ सोही ऐनको दफा २५२ बमोजिम कसर (ठगीसमेत)को मुद्दा दिएको र सोको को जाहेरी दरखास्ताको प्रतिलिपिसहितको विवरण सरकारी वकिल कार्यालयले राखेर सो सम्बन्धी संलग्न कागजात जिल्ला प्रहरी परिसर काठमाडौंलाई दिएको छ ।

भट्चन विरुद्ध सहकारी ठगीको मुद्दा भएको र यसलाई काठमाडौं प्रहरी परिसर, अपराध अनुसन्धान महाशाखा र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले दर्ता गर्न अस्वीकार गरेको उल्लेख छ ।

प्रहरीले यो मुद्दा दर्ता गर्न अस्वीकार गरेपछि सरकारी वकिल कार्यालयले प्रहरीलाई पत्राचार गर्दासमेत कुनै कारवाही अगाडि नबढाएको र उक्त मुद्दाको फाइल नै लुकाएको आरोप पीडितको छ । पीडितले आफ्नो मुद्दा दर्ता गरेर दोषीलाई कारवाही गरी सहकारीमा ठगीएको रकम फिर्ता दिलाउनसमेत माग गरेकी छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज