प्रस्तावित न्यायाधीश निरौलाले पेस गरे आफ्नो कार्ययोजना

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायधीश नृपध्वज निरौलाले शुक्रबार संसदीय समितिको बैठकमा आफनो कार्ययोजना पेस गरेका छन् ।

सर्वोच्च अदालतको न्यायाधीशमा न्याय परिषद्बाट सिफारिस निरौलाले कार्ययोजनामा न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धि गर्न भरोसायोग्य कदम चाल्नुपर्ने आवश्यकता उल्लेख गरेका छन् ।

कार्ययोजनामा नेतृत्वले लिने नीति र योजनामा सहयोग गर्ने उल्लेख गरिएको छ । कार्ययोजनामा उनले भनेका छन्, “न्यायाधीशका लागि न्यायपालिकाको नीति, सुधार योजना र नेतृत्वको कार्ययोजनाभन्दा अर्को छुट्टै वा पृथक योजना हुँदैन । प्रधान न्यायाधीशको न्यायिक नेतृत्वमा सिंगो न्यायपालिका रहने हुँदा नेतृत्वले लिने नीति, योजना र कार्यक्रमहरुको कार्यान्वयन गरी नेतृत्वलाई सहयोग गर्नु मेरो दायित्व बन्छ ।”

निरौलाले आफनो कार्ययोजनामा स्वतन्त्र न्यायपालिकाको मूल्य र मान्यतालाई आत्मसात गर्दै निष्ठा र इमान्दारीका साथ न्याय सम्पादन गर्ने उल्लेख गरेका छन् ।
उनीविरुद्ध समितिमा दुईवटा उजुरी परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज