काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ । शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयलाई अनुमोदन गरेको हो ।
गत असोज ११ गते बसेको न्याय परिषद बैठकले निरौला र पाण्डेयलाई सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । बैठकमा निरौला र पाण्डेयले कार्ययोजना र अवधारणा प्रस्तुत गरेका थिए । त्यसपछि सांसदले निरौलाका सम्बन्धमा प्राप्त उजुरीका आधारमा थप प्रश्न गरेका थिए ।पाण्डेयविरुद्ध भने उजुरी परेको थिएन ।
निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश र पाण्डेय उच्च अदालत दाङ तुलसीपुर इजलासका मुख्य न्यायाधीशमा कार्यरत थिए ।