काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि नेपाली राजदूत नियुक्त गरेका छन् । पौडेलले आइतबार अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी र चीनको राजदूतमा कृष्णप्रसाद ओलीलाई नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा रेग्मी र ओलीलाई राजदूतमा नियुक्त गरिएको हो । उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गरेका हुन् । दुवै नेपालका लागि सम्बन्धित मुलुकमा आवासीय राजदूत हुन् ।