काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु जिल्ला अदालतका दुई जना कर्मचारीलाई घुस सहित रंगेहात पक्राउ गरेको छ । कपिलवस्तु जिल्ला अदालतका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे २० हजार घुस र स्रोत नखुलेको ९६ हजार ८०० रुपैयाँसहित पक्राउ गरेको छ ।
बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग घुस मागेका थिए । त्यसको उजुरी परेपछि अख्तिायारले तहसीलदार मिश्र र कम्प्युटर अपरेटर पाण्डेलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा कपिलवस्तु नगरपालिका वडा नम्बर १ स्थित गौढी चोकबाट नियन्त्रणमा पक्राउ गरेको जनाएको छ ।