सहकारीसंस्थाको ऋण अपचलन सम्बन्धमा सिआइबीले लियो धनराज गुरूङसँग बयान

काठमाडौं । ललितपुरको मितेरी सहकारीसंस्थाबाट लिएको ऋण अपचलनका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङसँग कागजी बयान लिएको छ।

सिआइबीले बुधबार गुरूङसँग १२ बजेदेखि अपराह्न ५ बजेसम्म पाँच घन्टा लामो बयान लिएको हो। उपसभापति गुरूङ ज्योति गुरूङका श्रीमान् हुन् । ललितपुरको मितेरी सहकारीकी व्यवस्थापक रहेकी ज्योतीलाई सहकारीको १४ करोड ८१ लाख रुपैयाँ बचत अपचलन गरेको आरोप छ। उनी विरूद्ध रेड कर्नर नोटिस जारी भइसकेको छ।

उपसभापति गुरूङले आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको बताउँदै आएका छन्।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज