तत्काललाई रोकिएको सौर्य ऊर्जा उत्पादनका कम्पनी छनोट सम्बन्धमा आज दुबै पक्षसँग छलफल हुँदै, बोलकबोलमा सेटिङको आरोप

काठमाडौं । तत्काललाई रोकिएको सौर्य ऊर्जा उत्पादनका कम्पनी छनोटका सम्बन्धमा आज दुबै पक्षसँग छलफल हुने भएको छ । सर्वोच्च अदालते आज दुबै पक्षलाई छलफल गर्न बोलाएको छ । सौर्य ऊर्जा उत्पादनको बोलकबोलमा सेटिङको आरोप लागेको छ ।

नेपाल विद्युत प्राधिकरणले सौर्य ऊर्जा उत्पादनका लागि निकालेको बोलकबोलमा सेटिङ भएको भन्दै सस्टेनेबल इनर्जी भेन्चर्स प्रालि र याम्ब्लिङको जेभी पाटन उच्च अदालत पुगेको थियो । कार्तिक २७ गते रिट दर्ता भएको थियो ।

प्राधिकरणले गत कात्तिक २६ गते बोलकबोलमा छनोट भएका ६३ कम्पनीको सूची सार्वजनिक गरेको थियो । दिउँसो १२ बजेसम्म मात्रै बोलकबोल खुल्ला गर्ने सूचना भए पनि सिस्टममा समस्या आएको भन्दै दिउँसो ३ बजेसम्मका लागि समय थपिएको थियो ।

‘१२ बजेपछि बिड गर्नेहरु मात्रै छनोटमा परेका छन् यसले सेटिङमा समय थपिएको पुष्टि गर्छ,’ दिउँसो १२ बजेअघि बोलकबोल गरेका एक ऊर्जा उद्यमीले भने( ‘हामीले नियम र कानूनअनुसार बिड हाल्यौं परेन । सेटिङ गर्नेहरुले पाए । यसमा ठूलै चलखेल भएको छ ।’

बोलकबोलमा सेटिङ भएको भन्दै सस्टेनेबल इनर्जी भेन्चर्स प्रालि र याम्ब्लिङको जेभीले पाटन उच्च अदालतमा दायर गरेको रिटमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले सोमबारका लागि दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

पाटन उच्च अदालतका शाखा अधिकृत अर्जुन प्रसाद आचार्यका अनुसार प्राधिकरण र सार्वजनिक खरिद अनुगमन कार्यालयले गैरकानुनी सूचना प्रकाशन गरेको भन्दै परेको रिटमा अदालतले अल्पकालीन आदेश जारी गरेको हो ।


बोलकबोल पेश गर्ने म्याद थप गरेको भन्दै रिट निवेदनमा केन्द्रिय कार्यालय रहेको नेपाल विद्युत प्राधिकरण, नेपाल विद्युत प्राधिकरणको विद्युत व्यापार विभाग तथा सार्वजनिक खरिद अनुगमन कार्यालय केसरमहल काठमाडौँलाई विपक्षी बनाइएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश नारायण प्रसाद रेग्मीको एकल इजलासले सौर्य उर्जाको बोलकबोलको नजिता तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशले निरन्तरता पाउने,नपाउने विषयमा छलफल गर्न बोलाएको छ । सोमबार उच्च अदालत पाटनमा अल्पकालीन अन्तरिम आदेशले निरन्तरता पाउने नपाउने विषयमा छलफलको सुनवाइ हुनेछ ।

विद्युत प्राधिकरणले सोलारको २२०० मेगावाटको ठेक्का निकालेको थियो । जसबाट करिब १००० मेगावाटको बिजुली गर्ने पुनस् ठेक्का निकालिएको हो । ९६० मेगावाटका लागि ६३ वटा कम्पनीले पाएका छन् ।

न्युनतम ५ मेगावाटदेखि ५० मेगावाटसम्मका परियोजनाहरु छन् । नेपालका अधिकांश जलविद्युत् आयोजनाहरु नदी प्रवाहमा आधारित छन् । जसको उत्पादन हिउँदमा ३० प्रतिशतभन्दा तल झर्छ । सोही कारण जडित क्षमता ३००० मेगावाट पुगेको भएपनि १५०० मेगावाटको माग पूरा गर्न भारतबाट ६०० मेगावाटसम्म आयात भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज