काठमाडौं । भ्रष्टाचार मुद्दामा सफाइ पाएका पूर्व मुख्यसचिव वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरह भूमिका दिएका बैकुण्ठ अर्यालले सोमबारबाट लागू हुने गरी राजीनामा दिएका हुन ।
अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा उनी संलग्न भएको भन्दै गत असार ९ गते अख्तियार दुरूपयोग असुन्धानमा आयोगमा मुद्दा परेपछि मुख्यसचिव रहेका उनी त्यतिबेला निलम्बनमा परेका थिए। कात्तिक १४ गते भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए । मुद्दाबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएको थियो । अर्यालको निलम्बन फुकुवा भएपछि सरकारले उनलाई राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणी पद सिर्जना गरी पदमा सार्ने निर्णय गरेको थियो।
आइतबार राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनले किन राजिनामा दिए भन्ने कुरा चै खुलेको छैन ।