युवतीको हत्याको आरोपित नवनिर्वाचित वडाध्यक्ष पदस्थापना कार्यक्रमबाटै पक्राउ

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा उपनिर्वाचनबाट नवनिर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साह पदस्थापना कार्यक्रमको मञ्चबाटै पक्राउ परेका छन् । बिहीवार प्रहरीले उनलाई स्थानीय एक युवतीको हत्या र उनको भाइलाई अपहरण गरेको आरोपमा पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ गरेको हो ।

मंसिर १६ मा सम्पन्न उपनिर्वाचनमा साह जनता समाजवादी पार्टी (जसपा) नेपालका वडाध्यक्षमा विजयी भएका थिए । प्रहरीका अनुसार डाक्नेश्वरी १ को वडा कार्यालयमा राखिएको पदस्थापना कार्यक्रमको मञ्चबाटै साहलाई पक्राउ गरिएको हो । उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज