काठमाडौँ । सरोकार भएकाहरूले महिला हिंसा उन्मूलन गर्नुपर्नेमा जोड दिएका छन् । महिला हिंसाविरुद्धको आज १६ दिने अभियानका अवसरमा आज नेपाल टे«ड युनियन कांग्रेस केन्द्रीय महिला समितिले आयोजना गरेको अन्तरक्रियामा वक्ताहरूले अझै महिला हिंसाका घटना न्यूनीकरण हुन नसकेका भन्दै यसका लागि व्यापक जनचेतना आवश्यक रहेकामा जोड दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले कार्यस्थलमा यौनजन्य हिंसा हुने गरे पनि रोजगारी गुम्ने डरले पीडितले प्रतिवाद गर्न नसकेको धारणा राख्नुभयो । “साथै कानुनी सजाय निकै न्यून रहेकाकाले पनि कतिपय पीडितहरू उजुरी दिन पनि जाँदैनन् । कानुनी व्यवस्था राम्रो भए पनि कार्यान्वयन प्रभावकारी रूपमा हुन सकेको छैन । यसर्थ हिंसा उन्मूलनका लागि कानुनी व्यवस्था कडाइका साथ पालना र कार्यान्वयनमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो ।
नेपाल टे«ड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले महिलामाथि हुने विभिन्न किसिमका हिंसा उन्मूलनका लागि युनियनले सबै स्थानीय तहमा सञ्जाल विस्तार गर्न र सचेतना अभिवृद्धिका लागि पहल गरिरहेको बताउनुभएको छ । “हामीले महिला सेल राखेर काम गरिरहेका छौँ । लैङ्गिक हिंसाको मुद्दा युनियनको पनि हो,” उहाँले भन्नुभयो, “महिलामाथि भएका हिंसा उन्मूलनका लागि हाम्रो तर्फबाट पनि सरकारलाई दबाब सिर्जना गर्ने गरेका छाँै ।”
नेपाल प्रहरी प्रधान कार्यालयकी प्रहरी नायब उपरीक्षक रुपा थापाले लैङ्गिक, घरेलु, सामाजिक, विद्युतीय हिंसालगायत घटनाबाट महिलाहरू पीडित भए पनि सबै जना प्रहरीकहाँ उजुरी दिन नआउने गरेको बताउनुभयो । उहाँले उहाँले उजुरी गर्न आएका महिलाका सम्बन्धमा समयमै न्या निरोपणका लागि प्रहरी प्रशासन लागि परेको बताउनुभयो । अधिकांश महिला आफन्त र चिनेजानेकै मानिसबाट हिंसामा पर्ने गरेको उहाँको भनाइ थियो ।
यसैगरी, अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आइएलओ० की प्रतिनिधि कृपा बस्नेतले श्रम क्षेत्रमा पनि महिला हिंसाका घटना भइरहेको भन्दै न्यूनीकरणका लागि आइएलओ कन्भेन्सन नं १९० मा भएको व्यवस्था कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो ।