काठमाडौं । केन्द्रीय साइबर ब्यूरोबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान गरेको छ । सीआईबीले सरकारी वकिल कार्यालयको रायअनुसार प्रसाईंमाथि संगठित अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि उनी मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका हुन । सीआईबीको टोलीले मंसिर १४ मा झापाको मेचीनगर–१३ का हरिचन्द्र फुयाललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनको बयान पछि भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा प्रसाईंमाथि अनुसन्धान थालिएको हो