काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का प्रतिस्पर्धीको अंक सार्वजनिक भएको छ ।
सिफारिस समितिले नयाँ सीईओको प्रतिस्पर्धाको छोटो सूचीमा रहेका १६ जनाको प्राप्ताङ्क सार्वजनिक गरिएको हो । उम्मेदवारको शैक्षिक योग्यता, तालिम र अनुभववापतको अंक सार्जवजनिक गरिएको समितले जनाएको छ ।
बिहीबार प्रकाशित अंक अनुसार पोखराका बसन्तराज अधिकारी र रोल्पाका मन्दिप सुवेदीको सबैभन्दा धेरै २४।५ अंक रहेको छ । दोस्रोमा रहेका डडेल्धुराका धर्मराज उप्रेतीको २२।५, तेस्रोमा रहेका ताप्लेजुङका रामप्रसाद पौडेलको २२ र चौथोमा रहेका राजु थापा, मधुसुधन गौतम, सञ्जयकुमार यादव र लवप्रसाद जोशीको समान २१।५ अंक रहेको छ । सबैभन्दा कम केशवराज जोशीको १० अंक छ ।
यो प्राप्ताङ्कमा चित्त नबुझेका उम्मेदवारहरूले शुक्रबार कार्यालय समयभित्र आवश्यक प्रमाणका साथ गृहमन्त्रालयको प्रशासन शाखामा निवेदन दिने सक्नेछन् ।
गृह मन्त्रालय मातहत रहने प्राधिकरणको पहिलो सीईओ अनिल पोखरेलको पाँच वर्षे कार्यकाल पूरा भएपछि अहिले नयाँ सीईओका लागि प्रतिस्पर्धा हुन लागेको हो ।
प्राधिकरणले बाढीपहिरो, भूकम्प, जलवायु परिवर्तन जस्ता प्राकृतिक प्रकोप तथा विपद् सम्भावित कारण र न्यूनीकरण उपायका विषयमा काम गर्दै आएको छ । यो प्राधिकरण २०७२ सालमा आएको विनाशकारी भूकम्पपपछि स्थापना भएको थियो ।
यी हुन १६ प्रतिस्पर्धी