स्वकीय सचिवलाई ठगी आरोप लागेपछि लेखा समितिका सभापति पोखरेलले गरे बर्खास्त

विराटनगर । स्वकीय सचिव अनिलकुमार पोखरेल ठगी धन्दा संलग्न रहेको सार्वजनिक भएपछि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले उनलाई पदबाट बर्खास्त गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै सभापति पोखरेलले स्वकीय सचिवलाई बर्खास्त गरेको जानकारी दिएका हुन ।

स्वकीय सचिव पोखरेलले एमबीबीएसमा नाम निकाल्दिने भन्दै ३८ लाख ८० हजार लिएको भन्दै उनी माथि ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ । यससम्बन्धि समाचार सञ्चार माध्यामबाट सार्वजनिक भएसँगै सभापति पोखरेलले स्वकीय सचिवलाई बर्खास्त गरेका हुन् ।

विज्ञप्तिमा सभापति पोखरेलले भनेका छन्– मेरो स्वकीय सचिवको रूपमा कार्यरत अनिल कुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। निज माथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागु हुनेगरी निष्कासन गरेको ब्यहोरा अनुरोध गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज