सर्वोच्च बार निर्वाचनमा लोकतान्त्रिक समूह निर्वाचित

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनमा एक जना सदस्य बाहेक सम्पूर्ण पदमा लोकतान्त्रिक समूहका उम्मेदवार विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा

सर्वोच्च बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् । उनले ३६८ मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी महेश कुमार थापाले १८१ मत ल्याए । अध्यक्षका प्रतिस्पर्धी प्रेमसिंह धामीले १५ मत पाएका थिए ।

त्यसैगरी उपाध्यक्षमा अम्बर बहादुर राउत ३४६ मत सहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी भिष्मराज कडरियाले १७३ मत प्राप्त गरे । उपाध्यक्षकै अर्का उम्मेदवारबरिष्ठ अधिवक्ता उत्तम बहादुर श्रेष्ठले २५ मतमात्रै पाएका थिए ।

सचिवमा रमण कुमार कर्ण ३३९ मत सहित निर्वाचित भए । उनका प्रतिस्पर्धी प्रभाकर श्रेष्ठले २०५ मत प्राप्त गरेका थिए । सहसचिवमा ३३७ मत सहित पुन्देवी महर्जन निर्वाचित भएकी छन् । भने उनकी प्रतिस्पर्धी श्रुति कुमारी रेग्मीले २१६ मत पाइन् । कोषाध्यक्षमा रामचन्द्र पौडेल ३४० मत सहित निर्वाचित भए । उनका प्रतिस्पर्धी अनन्तराज लुईटेलले २०७ मत प्राप्त गरेका थिए । त्यसैगरी महिला सदस्यमा ३१७ मत सहित शशी बस्नेत निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी सुधा धितालले २०८ मत प्राप्त गरेकी थिइन् ।

सर्वोच्च बारको सदस्यहरूमा ३५४ मत मत सहित दुर्गा मोहन श्रेष्ठ, ३१५ मत सहित इन्द्र शेखर खड्का, ३१७ मत सहित प्रदिप कुमार श्रेष्ठ, २८० मत सहित नागेश्वर प्रसाद चौधरी, ३२५ मत सहित निर्मल कुमार उपाध्याय, २७९ मत सहित ओमकृष्ण श्रेष्ठ, ३१४ मत सहित प्रदिप कुमार राजवंशी र २७२ मत सहित सतिशराज मैनाली निर्वाचित भए ।

सदस्य पदमा निर्वाचित सतिशराज मैनाली बाहेक सबै उम्मेदवार लोकतान्त्रिक समूहका हुन् । मैनाली भने प्रगतिशिल समूहबाट उम्मेदवार थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज